ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने निश्चित

 कात्तिक ७, २०७९ सोमबार १९:३३:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्नु हुने भएको छ ।  बेलायतको सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै ४२ वर्षीय सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । 

प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । कन्जर्भेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो ।  

गएको हप्ता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय समयअनुसार आज साेमवार ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो । 

प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणापछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।

पूर्व अर्थमन्त्री सुनक दक्षिण एसियाली मूलका बेलायती हुनुहुन्छ । सुनकले भाेलि मङ्गलवार आधिकारिकरूपमा प्रधानमन्त्रीकाे पद सम्हाल्न सक्ने बीबीसीले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया