भारतीय मूलका ऋषि सुनक आज औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुँदै

 कात्तिक ८, २०७९ मंगलबार ६:५२:३१ | एजेन्सी
unn.prixa.net

कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री बन्नुभयो । 

औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ ।

बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभार सम्हाल्न लाग्नुभएको हो ।

नयाँ प्रधानमन्त्रीका रुपमा उहाँले दशकौँपछि बेलायतमा देखा परेको सबैभन्दा गम्भीर आर्थिक समस्यालाई समाधान खोज्नुपर्ने मुख्य जिम्मेवारी रहने बीबीसीले उल्लेख गरेको छ ।

सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बन्नुभएको थियो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनक अहिले ४२ वर्षको हुनुहुन्छ । उहाँ हिन्दू धर्ममा आस्था राख्नुहुन्छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया