इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो

 कात्तिक ८, २०७९ मंगलबार ९:१६:१ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई हराएको छ । 

घरेलु मैदान लण्डनमा राति भएको खेलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो ।

वेस्टह्यामले खेलको पहिलो र दोस्रो हाफमा एक/एक गोल गर्यो । 

खेलको ४५ औँ मिनेटमा कर्ट जुमाको गोलबाट अग्रता लिएको वेस्टह्यामका लागि खेलको अतिरिक्त समय ९२ औँ मिनेटमा सेड बेनरह्माले पेनाल्टीमा गोल गरे ।

जितसँगै वेस्टह्यामको १२ खेलमा १४ अंक भएको छ । वेस्टह्याम अंकतालिकाको १० औँ स्थानमा उक्लिएको छ ।

पराजित बर्नमाउथ समान खेलमा १३ अंकका साथ १४ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २८ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया