बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनकद्ववारा स्थिरता र एकताको आह्वान

 कात्तिक ८, २०७९ मंगलबार ११:३:५२ | एजेन्सी
unn.prixa.net

बेलायतको प्रधानमन्त्रीमा औपचारिक रुपमा नियुक्त हुन लागेका ऋषि सुनकले स्थिरता र एकताको आह्वान गर्नुभएको छ ।

उहाँले आर्थिक चुनौतीको सामना गर्दै एकताका लागि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

आफ्नो पार्टी र बेलायतलाई एकसाथ अगाडि ल्याउने उहाँको प्रतिवद्धता छ । सुनक कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ ।

बेलायतका राजाले औपचारिक रूपमा नियुक्ति गरेपछि आज पदभार ग्रहण गर्ने तयारी छ । उहाँलाई आज बेलायतका राजा चार्ल्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।

भारतीय मूलका सुनक लिज ट्रसले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बन्न लाग्नुभएको हो । सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ ।

बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभार सम्हाल्न लाग्नुभएको हो ।

नयाँ प्रधानमन्त्रीका रुपमा उहाँले दशकौँपछि बेलायतमा देखा परेको सबैभन्दा गम्भीर आर्थिक समस्यालाई समाधान खोज्नुपर्ने मुख्य जिम्मेवारी रहने बीबीसीले उल्लेख गरेको छ ।

सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बन्नुभएको थियो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनक अहिले ४२ वर्षको हुनुहुन्छ । 
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया