बेलायती प्रधानमन्त्री सुनककाे पहिलाे भाषण : विगतका गल्ती सच्याउने, देशकाे अर्थतन्त्र सुधार्ने

 कात्तिक ८, २०७९ मंगलबार २०:३५:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्याउने र देशकाे अर्थतन्त्र सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राजा चार्ल्स तृतीयलाई बकिङ्घम राजप्रासादमा भेटेपछि उहाँबाट सरकार गठनको आह्वानपछि औपचारिकरूपमा प्रधानमन्त्री बन्नुभएका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनर्स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले त्यसका लागि गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिनुभएको छ । 

‘अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ’, सुनकले प्रधानमन्त्री कार्यालयबाहिर पत्रकारहरूलाई भन्नुभयो । लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत नभए पनि त्यसमा गल्ती भएको उहाँको विश्लेषण थियो । आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलको तुलनामा आफ्नो देशको मुद्रा अवमूल्यन भएको बताउँदै अघिल्लो सरकारका त्रुटि सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको सुनकले तर्क गर्नुभयो । 

मन्तव्यकै क्रममा उहाँले आर्थिक स्थायित्व नै आफ्नो सरकारको पहिलो प्राथमिकता भएको दोहोर्‍याउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया