जर्मनीका राष्ट्रपति युक्रेनको किएभमा : हवाई प्रतिरक्षाका लागि विशेष सहयोग गर्ने प्रतिवद्धता

 कात्तिक ९, २०७९ बुधबार ११:३:१९ | एजेन्सी
unn.prixa.net

जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर अकस्मात युक्रेनको राजधानी किएभ पुग्नुभएको छ ।

पश्चिमा देशले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन पुग्नुभएको हो ।

रूसले गएको फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेपछि राष्ट्रपति स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो ।

यसअघि गएको अप्रिलमै युक्रेन भ्रमणको योजना बनाएको भए पनि युक्रेनले उहाँलाई स्वागत गर्न अस्वीकार गरेको थियो । तर, त्यसपछि दुई देशले केही असहमतिलाई मिलाएका छन् ।

युक्रेनी नागरिकमा एकताको सन्देश प्रवाह गर्न आफू किएभ आएको जर्मनीका राष्ट्रपति स्टेनमेयरले बताउनुभएको छ । साथै हवाई प्रतिरक्षाका लागि विशेष सहयोग गर्ने प्रतिवद्धता पनि गर्नुभएको रोयर्टसले जनाएको छ ।

युक्रेनमा अहिले पनि रुसले क्षेप्यास्त्र र रकेट आक्रमण गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ९ महिना भैरहेको छ । युद्धका कारण केहिले ज्यान गुमाउनुका साथै युक्रेनमा आवासीय तथा सार्वजनिक, ऊर्जा प्रवाहका सञ्जालमा ठूलो क्षति पुगेको छ । विश्व बैंकले युक्रेनमा तीन खर्ब ४५ अर्ब डलर क्षतिको अनुमान गरेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया