बङ्गलादेशमा आँधीबाट २८ जनाको ज्यान गयो, लाखौँ प्रभावित

 कात्तिक ९, २०७९ बुधबार १९:४४:५२ | एजेन्सी
unn.prixa.net

बङ्गलादेशमा सित्राङ नामको आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ ।

आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव फेला पारेका छन् । योसँगै आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको हाे ।

बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ । सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।     

अधिकारीहरूले यस शक्तिशाली आँधी आउनुअघि झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका छन् । आँधीको गति ८० किलोमिटर प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया