च्याम्पियन्स लिग : बार्सिलोना समूह चरणबाटै बाहिरियो, युरोपा लिगमा घटुवा

 कात्तिक १०, २०७९ बिहिबार ७:१९:२९ | एजेन्सी
unn.prixa.net

बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० गोलले पराजित भयो ।

त्यसअघि भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४–० गोलले पराजित गरे लगत्तै बार्सिलोना बायर्न म्युनिखसँग खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो ।

समूहको पाँचौ खेलमा बार्सिलोना पराजित भएको हो । दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई हराएपछि जर्मन टोली समूह ‘सी’ को विजेता बनेको छ ।

बायर्नका साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरे । बायर्नको पाँच खेलमा १५ अंक छ । समान खेलमा इन्टर मिलानको १० अंक छ । मिलान दोस्रो स्थानमा छ । बार्सिलोना युरोपा लिगमा घटुवा भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया