पाकिस्तानी प्रधानमन्त्री शरीफ २ दिने चीन भ्रमणमा जाने

 कात्तिक १०, २०७९ बिहीबार १४:३५:२७ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ चीन भ्रमणमा जाने तयारी भएको छ । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा शरीफले चीनको दुई दिने भ्रमण गर्ने तयारी छ ।

उहाँ आउँदो कात्तिक १५ गते अर्थात् नोभेम्बरको पहिलो दिन चीन भ्रमणमा जान लाग्नुभएको हो । पाकिस्तानको प्रधानमन्त्री भएपछि शरीफले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नुभएको हो ।

बेइजिङमा रहँदा पाकिस्तानका प्रधानमन्त्री शरीफले राष्ट्रपति सी जिन पिङलाई भेट्नुहुनेछ भने प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नुका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा पनि गर्ने तयारी छ ।

पाकिस्तानी विदेश मन्त्रालयले पनि भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको सम्बन्ध तथा सहयोग आदानप्रदानको निरन्तरता भएको जनाएको छ ।

पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा चीन–पाकिस्तान आर्थिक काेरिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया