आईसीसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई दियो २ सय ६ रनको लक्ष्य

 कात्तिक १०, २०७९ बिहीबार १२:१३:३८ | एजेन्सी
unn.prixa.net

आईसीसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २ सय ६ रनको लक्ष्य दिएको छ ।

सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनायो ।

उसका राइली रुसोले १ सय ९ रनको शतकीय पारी खेले । टि–२० मा उनको यो दोस्रो शतक हो ।

उनी दक्षिण अफ्रिकाबाट टि–२० विश्वकपमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् । क्विन्टन डि कक ६३ रनमा आउट भए । बंगलादेशका सकिब अल हसनले २ विकेट लिए ।

तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एक/एक विकेट लिए । 

आज हुने दोस्रो खेलमा अहिले पौने १ बजे सिड्नीमै भारत र नेदरल्यान्डस् खेल्दैछन् ।

अर्को खेलमा पाकिस्तान र जिम्बाबे बीचको खेल पर्थमा दिउँसो पौने पाँच बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया