इजरायलद्वारा लेबनानसँगको सीमा सम्झौता अनुमोदन

 कात्तिक १०, २०७९ बिहीबार १९:२३:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले आज बिहीवार एक विज्ञप्ति निकालेर दुई देशबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई अनुमोदन गरिएको बताएको हो । 

लेबनान र इजरायलले गएकाे असोज २५ गते पूर्वी भूमध्य सागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए । त्याे घोषणाको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले स्वागत गरेको छ । समुद्री सीमा विवाद अन्त्य गर्न भएको यो ऐतिहासिक सम्झौताले भूमध्य सागरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ । समुद्री सीमालाई लिएर सन् १९४८ देखि दुवै देश युद्धको अवस्थामा थिए । 

लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र त्यसलाई स्थायीरूपमा समाधान गर्न भएको सम्झौताको सुरक्षा परिषद्का सदस्य राष्ट्रले स्वागत गरेका हुन् । दुवै देशको यस निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ । 

इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वी भूमध्य सागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समानरूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्ति निकालेर जनाएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया