अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्रमण

 कात्तिक १२, २०७९ शनिबार ९:५३:० | एजेन्सी
unn.prixa.net

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्रमण भएको छ । बिहान एकजना पुरूषले सन फ्रान्सिस्कोमा रहेको पेलोसीको घरमा पसेर आक्रमण गरेका बीबीसीले जनाएको छ ।

घरभित्र पसेर सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका व्यक्तिले पछि पेलोसीका श्रीमान् ८२ वर्षका पउल पेलोसीलाई आक्रमण गरेका थिए । आक्रमणकारी घरभित्र पस्दै गर्दा पउलले आकस्मिक नम्बरमा फोन गरेका र केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेका बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा ४२ वर्षका डेभिड डेपापे रहेका छन् । आक्रमणको कारण नखुलेको र थप अनुसन्धान भइरहेको अमेरिकी प्रहरीले जनाएको छ ।

आक्रमणबाट पउलको टाउको, पाखुरा र हातमा चोट लागेको छ । अस्पतालमा भर्ना भएका पउलको अवस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन् । पति पउलमाथि आक्रमण हुँदा सभामुख पेलोसी वासिङ्टनमा रहनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले आक्रमणको भर्त्सना गर्नुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया