प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि म...
चैत १३, २०७९ सोमबार
खाेटाङ – पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सडक भासिएको छ ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको झण्डै ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर गाडीको आवत–जावत व्यवस्थापन गरिएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा झण्डै १० देखि २० सेन्टिमिटर भासिएको थियो ।
यसपटक बर्खामा झण्डै एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सुपरभाइजर प्रदीप राईले बताउनुभयो । भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रुपमा भत्किएको छ । माथिल्लो सडक भासिएपछि सडकको तल्लो भागमा समेत असर पर्ने देखिएको छ ।
दशैँ/तिहारलाई मध्यनजर गरी पुष्पलाल अर्थात् (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले दशैँअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो । कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्कविहीन बनेपछि आफैले मर्मत गर्नुपरेको मध्यपहाडी राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सब–इन्जिनियर केशव पौडेलले बताउनुभयो ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।