रुसको आक्रमणबाट युक्रेनका एक तिहाइ उर्जा पूर्वाधार नष्ट

 कात्तिक १२, २०७९ शनिबार १८:२३:४७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको चेतावनी दिएका छन् ।

राजधानी कीएभसहित युक्रेनका थुप्रै सहरमा इन्धन र उर्जा संकटको चेतावनी जारी भएको छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले झण्डै ४० लाख जना मानिस उर्जा संकटबाट प्रभावित भएको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनको ऊर्जा पूर्वाधार रुसी हवाई आक्रमणबाट ध्वस्त भइरहेको छ ।

पाभलो नामक पावर स्टेशनका कर्मचारीले युक्रेनमा पहिलोपटक यस्तो डरलाग्दो आक्रमण र उर्जा संकट देखिएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले देशका लगभग एक तिहाइ विद्युतीय पावर स्टेशनहरू नष्ट भएको बताउनुभएको छ । सरकारले सडक बत्ती र विद्युतीय सार्वजनिक यातायातको प्रयोगमा रोक लगाएको छ । यस्तै घरमा पनि कम भन्दा कम विद्युत् उपयोग गर्न आग्रह गरेको छ ।

रुसले अक्टोबरमा क्राइमिया जोड्ने केर्च ब्रिजमा भएको बम विष्फोटको बदलास्वरूप युक्रेनको पावर स्टेशनहरू र अन्य पूर्वाधारहरूमा मिसाइल आक्रमणहरू बढाएको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया