कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – दक्षिण कोरियाको राजधानी सियोलमा गएराति भएको भागदौडको घटनामा नेपालीहरु परेको बारे अहिलेसम्म कुनै पनि औपचारिक खबर नआएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
घटना भएको स्थान पर्यटकीय स्थल भएको र नेपालीहरुको कार्यस्थल नभएकाले पनि नेपाली श्रमिकहरु त्यहाँ पर्ने सम्भावना कम रहेको दूतावासकी काउन्सेलर रमा भट्टराईले जानकारी दिनुभयो । ‘हामीहरुले नेपालीहरु पनि पर्नुभयो कि भनेर बुझिरहेका छौं, तर अहिलेसम्म नेपाली नागरिक परेको भन्ने कुनै पनि खबर वा जानकारी आएको छैन’, उहाँले भन्नुभयो, ‘कतिपयको परिचय खुलेन भनिएको छ, प्रहरीले ज्यान गुमाउनेको इन्भेस्टिगेट गरिरहनुभएको छ, दूतावासले निरन्तर अपडेट लिइरहेको छ ।’
दुर्घटना भएको स्थल सियोलको पर्यटकीय स्थल भएकाले त्यस ठाउँमा नेपालीहरु घुम्न जाने सम्भावना भने रहेको उहाँले बताउनुभयो । शनिवार राति सियोलमा हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा भागदौड मच्चिएको थियो । भाडदौडमा १ सय ५१ जनाको ज्यान गएको र कयौँ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।
ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेको खबरमा उल्लेख छ । सडकमा एक लाख जना सहभागी भएका बेलामा एक्कासी भागदौड मच्चिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।