राप्रपाकाे घाेषणापत्र : प्रदेश खारेजीकाे एजेण्डा (पूर्णपाठसहित)

 कात्तिक १४, २०७९ सोमबार १३:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गरेकाे छ । 

नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आज साेमवार आयाेजित एक कार्यक्रममार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले  घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे । 

घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक संसद् लगायत उल्लेख गरिएकाे छ ।

यस्तै, एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने राप्रपाको घोषणापत्रमा उल्लेख छ । घाेषणापत्रमा प्रदेश खारेजी, केन्द्र र बलियाे स्थानीय तह भएकाे दुई तहकाे शासकीय संरचना लगायत उल्लेख छ । 

पूर्णपाठ:

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया