युक्रेनका संवेदनशील पूर्वाधारमा रुसबाट क्षेप्यास्त्र आक्रमण

 कात्तिक १५, २०७९ मंगलबार ७:११:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनका संवेदनशील पूर्वाधारहरूमा निशाना बनाउँदै ५० वटाभन्दा धेरै क्षेप्यास्त्र प्रहार गरेपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् ।

मुख्यगरी बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

राजधानी किएभका ८० प्रतिशत बासिन्दालाई खानेपानीको समस्या भएको छ । किएभका ३ लाख ५० हजार अपार्टमेन्टमा विद्युत् आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ । उत्तर पूर्वी सहर खार्किभमा पनि विद्युत् प्रणालीमा आक्रमण भएको छ ।

रुसले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको खबरमा उल्लेख छ । रुसी रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया