जापानमा काम गर्न चाहनेका लागि वैदेशिक रोजगार मेला आयोजना हुने

 कात्तिक १५, २०७९ मंगलबार ११:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानमा काम गर्न चाहने विदेशी नागरिकलाई लक्षित गर्दै जापानको अध्यागमन सेवा विभागले वैदेशिक रोजगार मेला २०२२ आयोजना गर्ने भएको छ ।

आउँदो मंसिर १० र ११ (नोभेम्बर २६ र २७) गते अनलाइन माध्यममार्फत जापानले वैदेशिक रोजगार मेला आयोजना गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मेलामा विशेष सीप प्रणाली (एसएसडब्लु) र रोजगारदाता कम्पनीको बारेमा जानकारी दिइने छ । 

रोजगार मेलामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । मेलामा हुने सबै कार्यक्रमहरूमा निःशुल्क दर्ता हुन सकिनेछ । मेलामा जापानमा रोजगारी गर्न चाहनेले कम्पनीसँग प्रश्नोत्तर गर्न र कम्पनीका बारेमा बुझ्न सक्नेछन् । 

सबै कार्यक्रमहरू अनलाइन उपलब्ध हुने भएकाले आफूले चाहेको जापानी कम्पनीहरूसँग प्रश्नोत्तर गर्न सकिनेछ । https://info-tokuteiginou.com मार्फत रोजगार मेलामा सहभागीताका लागि इन्ट्री गर्न सकिन्छ ।

इन्ट्री प्राप्त भएपछि इमेलमार्फत मेलामा सहभागी हुने सक्ने लिङ्क र अन्य विवरण पठाइने मेला आयोजकले जनाएको छ । अनलाइन जुम वेबिनारमार्फत मेला जापानी समय अनुसार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ । 

जापानले विशेष गरी नर्सिङ केयर व्यवसाय, भवन सरसफाइ, निर्माण उद्योग, जहाज निर्माण र समुद्री उद्योग, अटोमोबाइल मर्मतसम्भार उद्योग र सामग्री, औद्योगिक मेसिनरी, विद्धुत, इलेकट्रोनिक, सूचना सम्बन्धित उत्पादन उद्योगलाई निर्दिष्ट सीपका लक्षित क्षेत्रहरू तोकेको छ । यस्तै उड्डयन उद्योग, आवास उद्योग, कृषि, माछा व्यवसाय, खाद्य र पेय पदार्थ उत्पादन उद्योग र रेस्टुरेन्ट पनि मेलामा समावेश हुनेछन् । 

नेपाल सरकार र जापान सरकारबीच पनि एसएसडब्लु प्रणालीमार्फत नै नेपाली नागरिकलाई जापानमा रोजगारी दिने गरी श्रम समझदारी भएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Serjang gurung

    Nov. 1, 2022, 12:11 p.m.

    मलाई जापान सरै मन पर्छ, म पनि काम गर्न र त्यहाँको त्यो देशको बारेमा धेरै बुझ्न मन छ / जापानमा काम गर्ने प्रक्रिया अगाडी बढाउन के गर्नुपर्छ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया