दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास नरोके कडा जवाफ दिने उत्तर कोरियाको चेतावनी

 कात्तिक १५, २०७९ मंगलबार १४:२३:३४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

उत्तर कोरियाले अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास बन्द नगरे कडा जवाफ दिने चेतावनी दिएको छ । आज मङ्गलवारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको पाँच दिने संयुक्त हवाई सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ । 

‘यदि अमेरिकाले लगातार गम्भीर सैन्य उत्तेजना जारी राख्यो भने उत्तर कोरियाले थप शक्तिशाली आणविक परिक्षणहरू गर्नेछ’, उत्तर कोरियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । अमेरिका र दक्षिण कोरियाले युद्ध अभ्यासहरू बन्द नगरेमा सबै नतिजाको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने उत्तर कोरियाको चेतावनी छ ।  

दुई देशले सैन्य अभ्यास गर्ने योजना बनाएदेखि नै उत्तर कोरियाले पनि क्षेप्यास्त्रहरू परीक्षण गरिरहेको छ । यस्तै २०१७ पछि उसले पहिलो आणविक हतियार परीक्षणको तयारी गरिरहेको खुफिया एजेन्सीले दाबी गरेका छन् । अक्टोबरको सुरुमा अमेरिकाले आफ्नो आणविक शक्ति सञ्चालित अमेरिकी युद्ध विमानवाहक रोनाल्ड रेगनलाई कोरियाली प्रायद्वीप नजिक तैनाथ गरेपछि तनाव बढ्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया