आईपीओको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याउने नियम कार्यान्वयनमा

 कात्तिक १७, २०७९ बिहिबार १६:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्दा निष्कासित शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याउने कानुन कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चित गरेको हो ।

अब कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुभन्दा अघि १५ दिनको अवधि तोकेर वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्रस्ताव आह्वान गर्नुपर्नेछ । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खाताबाट मात्रै भुक्तानी गर्न पाइनेछ । यो खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको देशबाट जम्मा गरेको हुनुपर्नेछ ।

विदेशबाटै आईपीओ भर्नका लागि आस्वा सदस्य बैंक अथवा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सम्बन्धित व्यक्तिलाई सीआरएन नम्बर उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । यसले गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंक खाता बढ्ने, खातामा पैसा बचत हुने र फजुल खर्च कम हुने सरकारको अपेक्षा छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया