पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकाे उपचार चल्दै, घटनामा १ जनाको ज्यान गयो

 कात्तिक १७, २०७९ बिहीबार १९:५८:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानकाे पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विराेध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे बीबीसीले जनाएको छ । खुट्टामा गोली लागेका खानको उपचार भइरहेको छ । घटनामा एक जनाको ज्यान गएको छ भने अन्य आठ जना व्यक्ति घाइते भएका छन् । 

गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले एक सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री खानलाई आफूले हत्या गर्न चाहेको तर असफल भएको बताएका छन् । घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कडा शब्दमा निन्दा गर्दै छानबिनका लागि निर्देशन दिनुभएको छ । पाकिस्तानका मन्त्री, पूर्वप्रधानमन्त्रीहरू, दलका नेतालगायतले घटनाको विरोध र निन्दा गरेका छन् ।  

गएको अप्रिल महिनामा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्रीबाट हट्नुपरेपछि पाकिस्तान तहरीक ए इंसाफका अध्यक्षसमेत रहेका इमरान खानले देशव्यापी विरोध प्रदर्शन र र्‍याली गरिरहनुभएको छ । 
पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको बताउनुभएको खबरमा उल्लेख छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया