फिलिपिन्समा आँधीबाट १ सय ५० जनाको ज्यान गयो, ३६ जना बेपत्ता

 कात्तिक १८, २०७९ शुक्रबार ६:१७:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।

हिजो आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन् । आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन् भने ४ सय ९९ सडकमा क्षति पुगेको छ । त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् ।

आँधीका कारण राजधानी मनिलासहित १७ क्षेत्रका ३१ हजार ९ सय ४२ गाउँका १८ लाख १२ हजार ७ सय ४० जना नराम्ररी प्रभावित भएका मनिला टाइम्सले जनाएको छ ।  आँधीसँगैको बाढीका कारण कम्तीमा १ लाख १३ हजार ४ सय ८ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ । त्यहाँ ११ हजार ७ सय ६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया