चुनावमा बहुमत ल्याएका नेता नेतान्याहुलाई इजरायली प्रधानमन्त्रीद्वारा बधाई

 कात्तिक १८, २०७९ शुक्रबार ११:१५:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलका प्रधानमन्त्री याइर लापिडले आम चुनावमा भएको जितका लागि नेता बेन्जामिन नेतान्याहुलाई बधाई दिनुभएको छ । साथै, उहाँले व्यवस्थित रूपमा शक्ति हस्तान्तरणमा सघाउने प्रतिबद्धता पनि जनाउनु भएको बीबीसीले जनाएको छ ।

हिजो सार्वजनिक चुनावी मतपरिणाम अनुसार नेतान्याहुको लिकुड दल र गठबन्धनले संसद्को १ सय २० मध्ये ६४ सिटमा जित हासिल गरेको छ ।

यो बहुमतसँगै १४ महिनाअघि सत्ताबाट बाहिरिएका नेतान्याहु फेरि नेतृत्वमा आउने पक्का जस्तै भएको छ । पछिल्लो चुनावी नतिजाले त्यहाँ सन् २०१९ मा सुरु भएको राजनीतिक गतिरोधको अन्त्य भएको छ ।

त्यसबेला नेतान्याहुमाथि भ्रष्टाचार तथा छलीको आरोप लागेको थियो । यो मुद्दामा सुनुवाइ भइरहेको छ । अन्तिम निर्णय आइसकेको छैन। 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया