आईएमई दशैँ अफर : आठौँ र नवौँ हप्ताको नतिजा घोषणा

 कात्तिक १८, २०७९ शुक्रबार २०:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा आईएमईले सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफरअन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरिएकाे छ ।

हिजाे बिहीवार काठमाण्डाै पानीपोखरीकाे केन्द्रीय कार्यालयमा फेसबुक लाइभबाट सार्वजनिक गरिएको नतिजाअनुसार कतार र जापानबाट आईएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः रन्जीतकुमार यादव र दीर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । 

त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाह नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । उहाँहरूले क्रमशः संयुक्त अरब इमिरेट्स र कुवेतबाट आईएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।

त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौँ हप्ताका लागि दैनिक विजेता छनोट हुनुभएको छ । उहाँहरू क्रमशः कतार, कुवेत, बहराइन, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, कतार र जापानबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो ।

त्यसैगरी शहदेव महरा, प्रमोदकुमार खाङ्ग, विनोद माझी, गोपाल सार्की, आन्नदप्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको हो । उहाँहरूले कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरब इमिरेट्स र  कुवेतबाट नेपालमा रहनुभएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । उहाँहरू प्रत्येकले एक/एक सेट सामसुङ मोबाइल उपहारस्वरूप प्राप्त गर्नुहुनेछ ।

बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिने आईएमईले जनाएकाे छ ।

आइएमई उत्सव अफर २०७९

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफरअनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ । साथै हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । 

८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस २०७९ भदाै १६ गतेदेखि कात्तिक १६ गतेसम्म नाै ९ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिने र नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने आईएमईले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया