जर्मन चान्सलर सोल्स चीन भ्रमणमा गएपछि युरोपमा विवाद

 कात्तिक १९, २०७९ शनिबार ६:३७:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जर्मन चान्सलर ओलाफ साेल्सबीच भेटवार्ता भएको छ । रुस–युक्रेन युद्धलाई लिएर चीन–युरोप दूरी बढिरहेका बेला युरोपको शक्ति र अर्थ सम्पन्न देश जर्मनीका चान्सलर चीन भ्रमणमा जानुभएको हो ।

जर्मन चान्सलरको भ्रमणलाई युरोपमा धेरैले शङ्कास्पद रूपमा हेरेका बीबीसीले जनाएको छ । जर्मन चान्सलरको उपस्थितिले चिनियाँ राष्ट्रपति सीको बढ्दो अधिनायकवादी प्रतिष्ठालाई चीनमा बढाइदिने युरोपेली देशहरुको भनाइ छ । तर, जर्मन चान्सलरले भने विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान गर्न सकिन्छ भन्नेतर्क गर्दै भ्रमणमा आउनुभएको छ । जर्मनी र चीन ठूला व्यापारिक साझेदार हुन् । साेल्सले चीनमा ११ घण्टा मात्रै बिताउनुभएको छ ।

कोरोना महामारीपछि बेइजिङको यात्रा गर्ने उहाँ पहिलो पश्चिमी नेता हुनुहुन्छ भने सीले तेस्रो कार्यकाल सम्हालेपछि भेट्ने उहाँ पहिलो विदेशी नेता बन्नुभएको छ ।

यसैबीच सीसँगको भेटमा जर्मन चान्सलर साेल्सले युक्रेनसँगको युद्ध रोक्न रुसमाथि आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गर्नुभएको छ । तर चिनियाँ राष्ट्रपति सीले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ । तर रुसको पारमाणविक धम्की गैरजिम्मेवार र अत्यन्त खतरनाक भएकोमा भने दुवै पक्ष सहमत भएको जर्मन चान्सलर साेल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया