आज चार वटा प्रदेशका पहाडी भू–भागमा सामान्य पानी पर्ने सम्भावना

 कात्तिक १९, २०७९ शनिबार ९:३३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज ४ वटा प्रदेशका पहाडी भू–भागका केही ठाउँमा आंशिक बदली भइ सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

प्रदेश-१, कर्णाली, बाग्मती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनु भयो । बाँकी प्रदेशमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली हुने र सामान्य वर्षा हुने भएको हो । भोलि पनि पहाडी भू– भागका केही ठाउँमा आंशिक बदली भइ सामान्य वर्षा हुने सम्भावना रहको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया