घटनामा सेना सहभागी रहेको इमरान खानको पार्टीको आरोप, सेनाद्वारा आरोप अस्वीकार

 कात्तिक १९, २०७९ शनिबार १२:३३:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गोली लागि घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको र खानको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । खानको खुट्टामा गोली लागेको छ ।

खान चाँडै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ । एक बन्दुकधारीले आक्रमण गर्दा खानसहित झण्डै १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको ज्यान गएको र ज्यान गुमाउने आक्रमणकारीमध्ये एक रहेका पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् । गोली हानेको आरोपमा एक जना पक्राउ परेका छन् ।

खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ । तर पाकिस्तानी सेनाले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ । पाकिस्तानी सेनाले विज्ञप्ति निकालेर झुटाे आरोप लगाउनेमाथि कारबारी गर्न सरकारलाई अनुरोध गरेको छ ।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गर्नुभएको छ । प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिनुभएको छ । गएको अप्रिलमा खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानमा राजनीतिक सङ्कट बढेको छ।   
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया