युक्रेनमा देखिएको सङ्कट समाधान गर्न जी–सेभेन देशको तत्परता

 कात्तिक १९, २०७९ शनिबार १७:५५:३१ | एजेन्सी
unn.prixa.net

रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्न जी–सेभेन देशहरुले समन्वय संयन्त्र बनाउने भएका छन् ।

विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न तत्परता देखाएका हुन् । जी–सेभेन देशका विदेश मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनर्स्थापना र रक्षा गर्न समन्वय संयन्त्र स्थापना गर्न लागेको उल्लेख छ ।

रुसलाई तत्काल युद्ध रोक्न र सैन्य सामग्री फिर्ता लिन पनि उनिहरुको आग्रह छ । रुसको पछिल्लो आक्रमणबाट युक्रेनमा झण्डै ४० प्रतिशत ऊर्जा क्षेत्र तहसनहस भएको छ । जी–सेभेन राष्ट्रहरू शान्ति र स्थिरतासँगै सबै क्षेत्रमा देखिएको विवादको शान्तिपूर्ण समाधान खोज्नुपर्ने पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ । जी सेभेनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र युराेपेली युनियन रहेका छन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया