सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

 कात्तिक २०, २०७९ आइतबार १०:५८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यो अस्ति शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो ।

अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया