भारतको नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोगको चपेटामा

 कात्तिक २०, २०७९ आइतबार १५:१५:४९ | एजेन्सी
unn.prixa.net

भारतको केन्द्रीय राजधानी दिल्लीमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारमा वायु प्रदूषणसँग सम्बन्धित रोग रहेको पाइएको छ । 

एक सर्वेक्षणको निष्कर्षसहित 'बिजनेस स्ट्यान्डर्ड' दैनिकले प्रकाशन गरेको खबरअनुसार  महानगर र आसपासको क्षेत्रमा बसोबास गर्ने झन्डै ८० प्रतिशत परिवारका कोही न कोही सदस्यलाई प्रदूषणसँग सम्बन्धित रोग भएको देखिएको छ । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको उपचार खोजेका प्रतिवेदनमा उल्लेख छ । 

दिल्लीसहित भारतका विभिन्न सहरमा वायु प्रदूषणको अवस्था मानिसको स्वास्थ्यका लागि जटिल अवस्थामा पुगेको बेला सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्त्वपूर्ण मानिएको छ । सर्वेक्षणमा १९ हजार जना मानिस सहभागी थिए । 

अहिले दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यका लागि गम्भीर जोखिम छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया