भारतकाे तिरुपति मन्दिरकाे सम्पत्ति : १० टन सुन, ५३ सय कराेड भारु बैंकमा

 कात्तिक २०, २०७९ आइतबार १८:०:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : तिरुमला-तिरुपति देवस्थानम

भारतकाे तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गर्दै आफ्नाे सम्पत्तिकाे सूची सार्वजनिक गरेकाे छ । श्वेत पत्रका अनुसार तिरुमला–तिरुपति देवस्थानमसँग १० दशमलव ३ टन सुन र बैंकमा ५३ सय कराेड भारु बैंकमा जम्मा छ । यसका साथै यस मन्दिरसँग १५ हजार नाै सय ३८ कराेड भारु नगद पनि रहेकाे बीबीसी हिन्दीले जनाएकाे छ । 

तिरुपति मन्दिरकाे व्यवस्थापन गर्ने तिरुमला-तिरुपति देवस्थानम (टीटीडी) ले श्वेत पत्र जारी गरेर आफ्नाे सम्पत्ति सार्वजनिक गरेकाे हाे । टीटीडीका अनुसार उसकाे सम्पत्ति दुई दशमलव २६ लाख भारु बराबर छ । 

सन् २०१९ मा अलग–अलग बैंकमा यसकाे १३ हजार २५ कराेड भारु फिक्स्ड डिपाेजिट थियाे, याे रकम अहिले बढेर १५ हजार नाै सय ३८ कराेड भारु भएकाे बीबीसी हिन्दीमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया