इजिप्टकाे पर्यटकीय सहर शर्म–एल–शेखमा काेप–२७ सुरु

 कात्तिक २०, २०७९ आइतबार १८:४८:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

कोप २७ अर्थात् संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष देशहरूको महासन्धिको २७ औँ सम्मेलन इजिप्टको पर्यटकीय सहर शर्म–एल–शेखमा सुरु भएको छ । 

मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा झन्डै ३० हजार जना मानिस सहभागी हुनेछन् । विकसित देशहरूले हरित गृह ग्यास उत्सर्जन घटाउन दबाब दिइने मुद्दासँगै यो पटक हानी–नोक्सानी सम्बोधन र त्यसका लागि वित्त व्यवस्थापनको विषय मुख्यरूपमा छलफल हुनेछ । कोप २६ मा विकसित देशहरू हानी–नाेक्सानी सम्बोधनका लागि आवश्यक पर्ने अलग्गै वित्तीय व्यवस्थापनमा असहत भएपछि त्यो विषय टुङ्गोमा पुग्न सकेको थिएन । 

सम्मेलन सुरु हुनुअघि नै यो विषयलाई कोपको कार्यसूचीमा राख्ने/नराख्ने विषयमा बहस भएको छ । यो विषयमा विकसित देशहरूले असहमति जनाउँदै आएका छन् भने जलवायुजन्य क्षति बेहाेरिरहेका देशहरूले हानी–नोक्सानीलाई मुख्य मुद्दा बनाउन जोड दिइरहेका छन् । 

कोप २७ मा नेपालले पर्वतीय मुद्दाकाे नेतृत्व गर्दैछ । सम्मेलनमा नेपालबाट महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेतृत्व गर्दै हुनुहुन्छ । कोप सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायत ४० देशका सरकार प्रमुखको सहभागिता हुने निश्चित भएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया