शेयर बजार ६ अङ्कले घट्याे, २ अर्ब १० कराेड रुपैयाँकाे काराेबार

 कात्तिक २१, २०७९ सोमबार १५:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नाै सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । हिजो आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज भने घटेको हो ।

आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया