हामी खुट्टामा एक्सिलेटर राखेर जलवायु नर्कको राजमार्गमा छौँ : एन्टाेनियो गुटरेस

 कात्तिक २१, २०७९ सोमबार १९:२२:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले हामीहरू आफ्नै व्यवहारका कारण विनाशको बाटोमा रहेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ औँ संयुक्त राष्ट्र सङ्घीय सम्मेलन अर्थात् कोप–२७ को उच्चस्तरीय उद्घाटन समारोहमा उहाँले जलवायु परिवर्तनको असर हरेक दिन बढिरहेको र त्यसको कारण मानिस नै रहेको बताउनुभयो । 

उहाँले जलवायु परिवर्तनका कारण समस्या थपिरहेको भन्दै भन्नुभयो, ‘हामी खुट्टामा एक्सिलेटर राखेर जलवायु नर्कको राजमार्गमा छौँ ।’ उहाँले जलवायुजन्य गतिविधिका कारण भएको हानी–नोक्सानीलाई सम्बोधन गर्नका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने र त्यस सम्बन्धमा हुने सहमतिले नै कोप–२७ को सफलता निर्धारण गर्ने बताउनुभयो । 

महासचिव गुटरेसले जलवायु परिवर्तनको गम्भीर प्रभाव विश्वसामु प्रत्यक्ष रहेको बताउँदै हानी–नोक्सानीको मुद्दा अब कुनै पनि हालतमा लुकाउन नसकिने बताउनुभयो । 

इजिप्टको शर्म एल–शेखमा हिजो आइतवारदेखि सुरु भएको कोप–२७ को वार्ताका लागि तय गरिएको औपचारिक मुद्दाहरूको सूचीमा हानी–नोक्सानीलाई पनि पहिलो पटक समावेश गरिएको छ । जलवायु परिवर्तनसँग जुध्न यो दशक महत्त्वपूर्ण रहेको भन्दै महासचिव गुटरेसले जलवायु परिवर्तनसँगको विश्वव्यापी युद्धमा मानिसको हार वा जित यही दशक वा हाम्रै अगाडि हुने बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया