अमेरिकामा आज मध्यावधि चुनाव हुँदै

 कात्तिक २२, २०७९ मंगलबार ८:५२:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ।

यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिएका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा हुनुहुन्छ । साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि पर्नुभएको बीबीसीले जनाएको छ । अहिले अलास्का, इन्डियाना, केन्टुकी, लुजियाना, ओक्लोहामा, साउथ क्योरोलिनासहित १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व छ।

क्यालिफोर्निया, इलिनोई, मेरिल्यान्ड, न्युयोर्कलगायत आठ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पकड छ । राष्ट्रपति जो वाइडेनले प्रजातन्त्र जोगाउने आह्वानसहित चुनावमा भाग लिन अनुरोध गर्नुभएको छ। 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया