युरोपमा गर्मीका कारण एक वर्षमै १५ हजारभन्दा धेरैको ज्यान गयो

 कात्तिक २२, २०७९ मंगलबार १९:१७:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाभन्दा धेरैको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्धृत गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगले गर्मीका कारण एक वर्षमै १५ हजारभन्दा धेरैको ज्यान गएको जानकारी दिनुभएको समाचार संस्था एएनआईले जनाएको छ । 

गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सय र जर्मनीमा चार हजार पाँच सयभन्दा धेरैको ज्यान गएको डब्ल्यूएचओले जनाएको छ । 

गएको साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरै जनाको ज्यान गएको फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौँको ज्यान गएको बताएको छ । 

बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार जनाले चरम तापका कारण ज्यान गुमाएका सङ्गठनले जनाएको छ । अहिले विश्वव्यापी औसत तापक्रममा एक दशमलव एक डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया