युक्रेनमा भइरहेको युद्धका बाबजुद रुससँग वार्ताको ढोका खुला छ : अमेरिका

 कात्तिक २२, २०७९ मंगलबार २०:३२:५३ | एजेन्सी
unn.prixa.net

अमेरिकाले रुस–युक्रेन युद्धका बाबजुद रुससँग संवादको ढोका खुला रहेको बताएको छ । 

न्युयोर्कमा आयोजित एक कार्यक्रममा सुरक्षा सल्लाहकार ज्याक सलिभनले रुससँग संवाद जारी राख्ने कुरा अमेरिकाको चासो भएको र संवादको ढोका खुला रहेको कुरा अनुपयुक्त नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । तर उहाँले अमेरिकी अधिकारीहरू रुसमा कोसँग सम्पर्क वा संवाद गरिरहेका छन् भन्नेमा चाहिँ स्पष्ट नरहेको बताउनुभयो । 

युक्रेनमा परमाणु हतियारको प्रयोग रोक्ने प्रयासका लागि सलिभनले रुससँगको वार्ताको नेतृत्व गरिरहेको सार्वजनिक भएको थियो । अमेरिकी राष्ट्रपति कार्यालयले यस्तो खबर अस्वीकार नगरेको अवस्थामा सलिभनको टिप्पणी आएको बीबीसीले जनाएको छ । 'द वाल स्ट्रिट' जर्नलले सलिभनले रुसी समकक्षी निकोलाइ पात्रुशेभसँग गोप्य वार्ता गरेको खबर छापेको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया