अमेरिकाको प्रतिनिधि सभामा रिपब्लिकन दलले बहुमत ल्याउने सङ्केत

 कात्तिक २३, २०७९ बुधबार १५:८:१ | एजेन्सी
unn.prixa.net

अमेरिकामा भएको संसदीय चुनावमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने सङ्केत देखिएको छ । तल्लो सदनका सबै चार सय ३५ सिटका लागि चुनाव भएको छ । बहुमतका लागि दुई सय १८ सिट चाहिन्छ । यो समाचार तयार पार्दासम्म रिपब्लिकनले एक सय ९८ र डेमोक्र्याटले एक सय ७३ सिट जितेका छन् ।  

चुनावअघि राष्ट्रपति जो बाइडेनको दल डेमोक्र्याट दुई सय २० सिटसहित बहुमत थियो । विश्लेषकहरूका अनुसार यसपालि रिपब्लिकन दलले प्रतिनिधि सभामा बहुमत जित्ने देखिन्छ । बहुमत प्राप्त भएपछि रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध पारिदिन सक्छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सङ्केत दिइसक्नुभएको छ । 

माथिल्लो सदन सिनेटको एक सय सिटमध्ये हिजो मङ्गलवार ३५ सिटका लागि मात्रै चुनाव भएको छ । अहिले सिनेटमा दुवै पार्टीका ५०–५० सिट छ । तर सिनेटमा निर्णायक मताधिकार प्राप्त उपराष्ट्रपति कमला ह्यारिसलाई गन्दा डेमोक्र्याटको पक्षमा ५१ सिट हुन्छ । 

अमेरिकामा प्रतिनिधि सभाको कार्यकाल दुई वर्षको हुन्छ भने माथिल्लो सदनका सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ । दुई वटै सदनले राष्ट्रव्यापी कानुन निर्माण गर्छन् । सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ । प्रत्येक राज्यबाट दुई जना सिनेटर निर्वाचित हुन्छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया