कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
काठमाण्डाै - आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय भएकाले त्यस क्षेत्रको मौसम हिजोदेखि नै आंशिकदेखि सामान्य बदली भएको छ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आज आंशिक बदली हुने अनुमान छ ।
अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । बिस्तारै हुस्सु कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ ।
यस्तै, उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।