ब्याजदर बढाएको विरोधमा निजी क्षेत्रले गर्दै आएको आन्दोलन तत्कालका लागि स्थगित

 कात्तिक २४, २०७९ बिहिबार ९:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निजी क्षेत्रको विरोध कार्यक्रम तत्काललाई स्थगित भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले पनि तत्कालका लागि विरोधसम्बन्धी कुनै गतिविधि नगर्ने निर्णय गरेको छ । महासङ्घले विज्ञप्ति निकालेर विरोधका कार्यक्रम स्थगित गर्न सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ ।

बैंकहरुले ब्याजदर बढाएको भन्दै देशका विभिन्न भागमा उद्योगी तथा व्यवसायीले विरोध प्रदर्शन गर्दै आएका थिए । महासङ्घले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव हुन गइरहेकाले तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न भनेको छ ।

बैंकहरुले चर्को ब्याज असुलेको भन्दै विराटनगर, दाङ, बुटवल, काठमाण्डौलगायत मुख्य सहरमा व्यवसायीले प्रदर्शन गर्दै आएका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया