खेअर्सन सहरबाट सेना फिर्ता गर्ने रुसको निर्णयलाई गम्भीरतापूर्वक लिएको युक्रेनको प्रतिक्रिया

 कात्तिक २४, २०७९ बिहीबार १२:५६:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको खेअर्सन सहरबाट सेना फिर्ता गर्ने निर्णयबाट रुस समस्यामा परेको अमेरिकाले टिप्पणी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही समस्यामा रहेको सङ्केत गरेको बताउनुभएको छ । उहाँले केही समयदेखि आफूले यस्तो कदमको अपेक्षा गरेको समेत बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले मध्यावधि चुनावपछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाउनुभएको हो । युक्रेनले प्रतिरक्षा गरिरहेका बेला रुसले गरेको पछिल्लो निर्णयलाई ठूलो धक्काका रुपमा विश्लेषण गरिएको छ । साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना फिर्तीलाई गम्भीरतापूर्वक लिएको र किएभ सावधानीपूर्वक अघि बढिरहेको बताउनुभएको छ ।

रुसले हिजो युक्रेनको खेअर्सन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको थियो । खेअर्सन सहर रूसले आफ्नो विशेष सैन्य अपरेसनको बेलामा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो । साथै रुसले गएको फेब्रुअरी २४ मा आक्रमण सुरु गरेदेखि नै रुसी सेनाबाट नियन्त्रित एक मात्र सहर हो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया