लेबनान पाँचाैँ पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

 कात्तिक २४, २०७९ बिहीबार १९:५९:६ | एजेन्सी
unn.prixa.net

लेबनानको संसद्ले आज बिहीवार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको चुनाव अन्योलमा परेको त्यहाँकाे राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ ।

कुल एक सय २८ मध्ये एक सय आठ सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व–गृहमन्त्रीलाई एक मत परेको थियो ।
यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदको पूर्व–महासचिव जियाद हायेकका लागि एक मत परेको थियो भने ४७ भोट खाली  थियो। 

गएकाे अक्टोबर ३१ मा समाप्त भएको पूर्व–राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद् असफल भएको यो पाँचौँ पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ । 
लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक-पटक खाली भइसकेको छ ।

लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको चुनावका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गर्नुभएकाे छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया