रुसी सैनिक फर्किएपछि युक्रेनले खेअर्सनमा राष्ट्रिय झण्डा फहरायो

 कात्तिक २६, २०७९ शनिबार ६:३५:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झण्डा फहराइएको छ । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा युरोपेली सङ्घको झन्डा पनि देखिएको बीबीसीले पुष्टि गरेको छ ।

युक्रेनको रक्षा मन्त्रालयले आफ्नो फौज त्यहाँ जाँदै गरेको र खेअर्सन सहर आफ्नो पकडमा आइसकेको जनाएको छ । युक्रेनीहरु आफ्नो झण्डासहित सडकमा सहज तरिकाले आएका छन् । जनजीवन सामान्य बन्दै गएको छ । यसअघि रुसले खेअर्सनबाट आफ्ना सैनिकहरू फिर्ता हुने क्रम सकिएको जनाएको थियो।

मस्कोमा रहेको रक्षा मन्त्रालयले पनि आफ्ना सबै सैनिकहरु डिनिपो नदी पार गरेर फर्किसकेको जनाएको छ । उसले कुनै पनि सैनिक अस्त्रहरू युक्रेनी भूभागमा नछोडिएको बताएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दर्जनौँ सहर र गाउँहरूमा फेरि पकड कायम गरेको बताउनुभएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले रुसी सैनिकहरू फिर्तीलाई युक्रेनको जितको रूपमा अर्थ्याउनुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया