विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै

 कात्तिक २६, २०७९ शनिबार ९:२०:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वका ५०  भन्दा  धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरुले बताएका छन् । 

धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले चेतावनी दिएका बीबीसीले जर्नाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा सङ्कट तथा बढ्दो ब्याजदरका कारण धेरै देश टाट पल्टिने अवस्थामा पुगेका हुन् । सम्भावित आर्थिक सङ्कटले गरिब देशका नागरिकहरूको जनजीवनमा गम्भीर प्रभाव पर्ने उहाँले बताउनुभयो ।

श्रीलङ्कामा देखिएको जस्तै अवस्थामा ती देशहरूमा पनि आउन सक्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सम्बोधन गर्दै स्टाइनरले आर्थिक सङ्कटको अवस्था आएमा जलवायु सङ्कट समाधान पनि थप कठिन हुने बताउनुभएको हो ।

यसले जलवायु सङ्कट समाधानमा थप जटिलता निम्त्याउने उहाँको भनाइ थियो । इजिप्टमा अहिले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन चलिरहेको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया