अफगानी नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा : एफएओ प्रतिवेदन

 कात्तिक २६, २०७९ शनिबार ११:३१:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानका नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा रहेका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा खाद्य असुरक्षा बढेको छ ।

प्रतिवेदनमा अफगानी नागरिक विश्वकै विकराल भोकमरीको समस्यामा रहेका उल्लेख छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् ।

यो कुल जनसङ्ख्याको आधाभन्दा धेरै सङ्ख्या हो । प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षासाथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले आर्थिक सङ्कटका कारण खाद्यान्नको मूल्य बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।  

काबुलका बासिन्दा रहमानुल्लाले मासिक एक बोरा पीठो किन्न पनि कठिनाइ भइरहेको गुनासो गर्नुभएको छ । विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक सङ्कटबारे चिन्ता व्यक्त गरेको छ । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड–१९ र सामाजिक–आर्थिक सङ्कटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएका छन् ।

अफगानिस्तानका लागि ईयूका कार्यवाहक राजदूत रफाएला आयोडिसेले पहिले सहज रूपमा दुई छाक खान सक्षम मानिसहरूले अहिले अभावका कारण पेट भर्न सङ्घर्ष गरिरहेका बताउनुभएको छ । अति जोखिममा रहेको अफगानिस्तानको जनसङ्ख्यालाई सहयोग गर्न प्रतिबद्ध रहेको पनि उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया