युक्रेनको खेहर्सनमा रुसले कब्जा गरेपछि नियुक्त गरिएका डेपुटी गभर्नरको ज्यान गयो

 कात्तिक २६, २०७९ शनिबार १८:३:९ | एजेन्सी
unn.prixa.net

युक्रेनको खेहर्सन सहरमा रुसले कब्जा गरेपछि नियुक्त गरिएका डेपुटी गभर्नर किरिल स्ट्रेमोसोभको ज्यान गएको रसियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँको कार दुर्घटनामा ज्यान गएको खबरमा उल्लेख छ । खेहर्सनबाट रुसी सेना फिर्ता भएसँगै गभर्नरको ज्यान गएको खबर आएको हो । रूसी कब्जाको सबैभन्दा प्रमुख समर्थकहरूमध्ये एक ४५ वर्षका स्ट्रेमोसोभलाई युक्रेनी प्रहरीले देशद्रोहको अभियोगमा खोजीको सूचीमा राखेको थियो ।

रुसले कब्जा गरिएको युक्रेनी क्षेत्रमा रुसद्वारा नियुक्त धेरै अधिकारीहरूलाई युक्रेनले आक्रमणको निशाना बनाएको छ । रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झन्डा फहराइएको छ ।

अहिले खेहर्सनबासीहरु विजयउत्सव मनाइरहेका बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका ४० भन्दा धेरै सहर र गाउँहरु फिर्ता गरेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया