बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान

 कात्तिक २७, २०७९ आइतबार ६:३२:२९ | एजेन्सी
unn.prixa.net

बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार उठाउन रोकेको थियो । यसको आलोचना भइरहेको छ ।

मतदानमा विपक्षी दुई दललाई सहभागी हुन रोक लगाएपछि मतदानको कुनै अर्थ नरहेको भन्दै मानव अधिकारवादी समूहले चर्को आलोचना गरेका छन् । उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ चुनावमा बहुपक्षीय सहभागिता दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहको भनाइ छ ।

सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसद्को तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषदमा ७३ महिलासहित ३ सय ३० भन्दा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन् । यो मतदानले कुनै परिवर्तन नल्याउने बेलायतमा रहेकाे बहराइनका मानव अधिकारकर्मी अली अब्दुलेमामको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया