हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै - काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ । १३२/११ केभी सबस्टेसनमा रहेको २२ दशमलव ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा हिजो दिउँसोदेखि समस्या आएको हो ।
झण्डै ५ हजार ग्राहकमा विद्युत् आपूर्तिको समस्या देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुङ्गल फिडरको लोडलाई क्रमशः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।
तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लाइ’ लिने र थानकोट फिडरको विस्तार गरी आज दिउँसोसम्म विद्युत् आपूर्तिको व्यवस्थापन गर्ने तयारी छ ।
प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजानेछ । यसका लागि केही दिन लाग्नेछ । प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२ दशमलव ५ एमभीएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५/४५ एमभीएले प्रतिस्थापन गर्दैछ । त्यहाँ रहेका २२ दशमलव ५ एमभीएका दुई वटा ट्रान्सफर्मरमध्ये एउटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिनेछ ।