भक्तपुरमा कारले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 कात्तिक २७, २०७९ आइतबार ८:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर–१ ईवामुरा अस्पताल नजिकै बा ७ च ०८१५ नम्बरको कारले बाग्मती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर–१ का २३ वर्षका सन्दीप बस्नेतको उपचारका क्रममा ज्यान गएको हो ।

उनको ईवामुरा अस्पताल भक्तपुरमा ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । कार चालक भक्तपुरको  पोटरस्क्वायरका आयूष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया