मुकेश अम्बानी लिभरपुल क्लब किन्ने दाैडमा : रिपाेर्ट

 कात्तिक २७, २०७९ आइतबार १४:४९:५६ | एजेन्सी
unn.prixa.net

विश्वका आठौँ धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले इङ्लिस प्रिमियर लिगको क्लब किन्ने तयारी गरेको खबर सार्वजनिक भएको छ । 

अम्बानीले फेनवे स्पोर्ट्स ग्रुपले सञ्चालन गर्दै आएकाे क्लब लिभरपुल चार अर्ब युरोमा किन्ने तयारी गरेका बेलायती रिपोर्टहरूलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन । 

सन् २०१० देखि क्लब सम्हालेको फेनवेले यसै हप्ताको सुरुमा धेरैलाई चकित पार्दै क्लब बिक्रीका लागि खुला रहेको जनाएको थियो । अम्बानीले लिभरपुल किन्न सक्ने खबरले फुटबल क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ । 

यद्यपि मुकेश अम्बानीले लिभरपुल किन्न चासो देखाएको यो पहिलो पटक भने होइन । सन् २०१० मा सहारा समूहका अध्यक्ष सुब्रतो रोयसँग मिलेर रिलायन्स इन्डस्ट्रिजले लिभरपुलमा ५१ प्रतिशत शेयर खरिद गर्न चाहेका थिए । तर  त्यस बेला लिभरपुलका प्रमुख कार्यकारी क्रिस्टेन पर्स्लोले हल्लाको खण्डन गरेका थिए ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया